रेडियो सगरमाथाको २९ ‍औँ स्थापना दिवस

दक्षिण एशियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा, सामुदायिक रेडियो रेडियो सगरमाथाले आज २०८२ जेठ ९ गते आफ्नो २९ औँ स्थापना दिवस भव्यताका साथ मनायो ।
रेडियो सगरमाथाले आधा दशकको अथक प्रयासपछि २०५४ जेठ ५ गते इजाजत प्राप्त गरी त्यसको ४ दिनपछि जेठ ९ गतेदेखि प्रसारण सुरु गरेको थियो ।
रेडियो सगरमाथाको प्रांगण भनिमण्डल, ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतितथिको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले रेडियो सगरमाथा स्थापनाताकाका संघर्षका दिन सम्झिनुभयो । सूचना तथा सञ्चार प्रविधि मन्त्रलायका सचिव राधिका अर्यालले सरकारले ऐतिहासिक महत्व बोकेको रेडियो सगरमाथालाई सहयोग गर्सने बचन दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा‍. कुन्दन अर्यालले प्रविधिलाई आत्मसात गरी अगाडि बढ्न सक्नुपर्ने कुरामा जाेड दिनुभयो ।
नेपाल वातावरण पत्रकार समूहका कार्यबाहक अध्यक्ष टीका बन्धनले समूहको भवनमा रेडियोका पुराना दिन र प्रविधि झल्किने संग्रह बनाउने घोषणा गर्नुभयो ।
रेडियो सगरमाथा सञ्चालक समितिका अध्यक्ष डा. घमराज लुइँटेलले रेडियोलाई स्थापना कालदेखि यहाँसम्म ल्याइपुर्‍याउन योगदान दिएका सबैको स्मरण गर्दै सबैको साथ र सहयोगबाट रेडियो सगरमाथा अगाडि बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समूहका पूर्व अध्यक्ष तीर्थ कोइराला, अमार्क एशिया प्यासिफिकका कार्यकारी निर्देशक सुमन बस्नेत र अकोराबका अध्यक्ष अर्जुन गिरीले शुभकामना व्यक्त गर्नुभएको थियो । रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वसी बस्नेतले सबै अथतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
रेडियो सगरमाथाको २९ औँ स्थापना दिवसको उपलक्ष्यमा शुभकामना !!
Now on

Radio Sagarmatha Live

24hrs Online

Featured image