सिंह दरवारभित्रको अधिकार बाहिर आएको दिन
भैरव रिसाल
शरीर उठेको छैन, तर मन उठीराछ । आज रेडियो सगरमाथा २० वर्ष पुगेर २१ वर्ष लागेको दिन, सिंह दरवारभित्रको अधिकार, सिंह दरवारभित्रको ३ फुट बाक्लो पर्खाल फरेर बाहिर निस्केको दिन । अर्को भाषामा भन्दा नेपाली जनताको प्रसारणको अधिकार नेपाली जनताको हातमा आएको दिन, सर्वसाधारणको सभ्यता रेडियो सगरमाथाले प्रसारण गरेर मद्दत पु¥याउन सुरु गरेको दिन हो । रेडियो सगरमाथा स्थापना गर्न मेरो त्यति हात छैन । मैले यहाँ देखिरहेको छु, कपाल सेतै भएको व्यक्तित्व हुनुहुन्छ, कोही कपाल कालो भएपनि उमेर सेतो भएको व्यक्तित्व हुनुहुन्छ र तिनै साथीहरूको धेरै हात छ, म पछि लाग्ने मान्छेमात्रै हुँ ।
त्यो बेला रेडियो सगरमाथा स्थापना गर्न मेरो नेतृत्व हैन नेतृत्वको पछि लाग्ने पछुवामात्रै हुँ म । साथीहरूका अगाडी मलाइ यहाँ ल्याएको योगदानले भन्दा पनि उमेर होला जस्तो लाग्छ । त्यसैले उमेरले म भन्दा कान्छा भएपनि योग्यता, बुद्धि इमान्दारी र अनुसन्धानले म भन्दा अघिल्लो स्थानमा बसेका धेरै साथीहरू हुनुहुन्छ । म सवै मित्रहरूलाई हार्दिक अभिबादन गर्छु ।
यहाँ हातमा माइक्रोफोन हल्लिरहेको छ । पार्किन्सनले छोएको छ मलाइ । जिउ हो , रोग लाग्नु स्वभाविक हो । यन्त्रमा त रोग लाग्छ जिउमा नलाग्ने कुरे भएन । म आज गौरवान्वित छु, गदगद छु । के भन्ने भन्ने नै मेरो अगाडी छैन साथीहरूको अगाडी । मैले मेरो अगाडी कृष्ण प्रसाद सिग्द्यालजी देखिरहेको छु ।
नेपाल वतावरण पत्रकार समूह स्थापना गर्ने सिग्द्यालजीलाई हार्दिक आभार व्यक्त गर्छु । उहाँ, आदित्यमान श्रेष्ठलगायतको टीम नतातेको भए यो बीस बर्ष हाम्रोलागि अरु बिस वर्ष जस्तै हुन्थ्यो, यो रेडियोको बीस वर्ष हुँदैनथ्यो ।
सिग्द्यालजीको योगदानको लागी म हार्दिक अभिभावदन गर्छु । त्यस्तै अरु साथीहरू कुन्द दिक्षीत, कनकमणि दिक्षीत, रघु मैनाली, हेम बहादुर विष्ट, राजेन्द्र दाहाललगायत धेरै अरु पनि साथीहरू हुनुहुन्छ । उहाँहरू हुँदाहँदै मलाइ यहाँ उपस्थित गराउनुभयो यो अत्यन्तै गौरवपूर्ण दिन हो । अर्को वर्ष उभिन भ्याउँछु की भ्याउँदिन त्यो पनि टुँगो छैन । यही आखिरी पनि हुनसक्छ । यो प्रकृतिको नियम हो । एउटै मान्छे सँधै बाँचिरह्यो भने त संसारै हुँदैन नी ! त्यसैले मलाई दःुख छैन यसमा ।
रेडियो सगरमाथा केही महिना भयो मेरो घर भएको ठाउँ कुपण्डोलमा आउँदैन । पहिला आउँथ्यो । अहिले टिप्दैन किन हो ? सायद रेडियो धेरे भएकी । फ्रिक्वेन्सीहरू कम भएकी ? यसकारण सामुदायिक नीति चाहिएजस्तो मलाइ लाग्छ । किनकी अहिले भएकाले पुगेन । हामीले यति धेरे रेडियो खाल्यौं, हाम्रो आकाशले त्यसलाई थामेन अब । पाँच छ महिना अघि सजिलै आउने रेडियो सगरमाथा अहिले आउँदैन, सुन्न पाएको छैन ।
मैले पनि प्रत्येक जिल्लामा कम्तिमा एउटा रेडियो भनेंर हिँडे । बढीमा एउटा भन्नुपर्ने रैछ , अहिले पश्चाताप भइरहेको छ । बढीमा एउटा रेडियो हरेक जिल्लामा भनेको भए यो अवस्था आउँदैनथ्यो । अहिले धेरै भए ।
जुम्लाको एउटा खबर पढिरहेको थिएँ चांैथोकी पाँचांै रेडियो सुरु भएको छ जुम्लामा । कसरी चल्छ त्यो ? कहाँबाट पैसा आउँछ ? कति घण्टा चल्छ ? त्यसैले नयाँ पुस्तासँग, बुद्धि छ, योगयता छ, उमेर छ उनीहरूले यसलाई नयाँ तरीकाको दृष्टिकोण ल्याएर, अबको माग क ेहो सामुदायिक रेडियोको भन्नेतिर जानुपर्छ ।
सामुदायिक रेडियो सामुदायिक छ कि छैन अहिले, कस्को रेडियो भएको छ त्यो पनि गम्भीर अध्ययनको बिषय हो ।
केहीवर्ष अघि हामी ताप्लेजुङ गएका थियौं । त्यहाँ एउटा तमोर रेडियो चलिरहेको थियो । त्यो रेडियोको म्यानेजरलाई गाउँका मान्छले तलव खुवाउनुपथ्र्यो । तलव खुवाउन पैसा चाहियो । कहाँबाट बटुल्ने पैसा ? त्यसले गर्दा हामीले जति नै स्वतन्त्र भनेपनि तलव खुवाउन जिम्मेवार म्यानेजरले कसरी खुवाउँछ त्यो गम्भीर छलफलको विषय छ । यसमा छलफल गरेनौं भने भावनालेमात्रै अस्तित्व कायम गर्छ जस्तो मलाइ लाग्दैन । त्यसैले सामुदायिक प्रसारण नीति नयाँ तर्जुमा गरेर कति सामुदायिक रेडियो दिने, सामुदायिक रेडियो वास्तवमा सामुदायिक छ कि छैन । त्यसको मर्म अनुसार छ कि छैन । यो अध्ययन गरेर जानुपर्ने माग आजको दिनले गरेको छ । हामीले कति दःुख ग¥यौं त्यसैले अहिले सामुदायिक प्रसारण नीतिका लागि अध्ययन गर्ने समिति वा आयोग बनाएर केही गरोस भन्ने चाहन्छु ।
मलाइ मौका दिनुभयो । यसका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्छु । मैले भनिसँके राज्यले त्यतिबेला रेडियालाई लाइसेन्स दिँदा मुटुको टुक्रा, कलेजोको टुक्रा काटेर दिए जस्तो लाग्थ्यो । अहिले त कलेजोको टुक्रा पनि ट्रान्सफर गर्न मिल्छ अर्कोलाई । त्यो बेलामा त्यो प्रबिधि आइसकेको पनि थिएन ।
हामीले सामुदायिक एफ एम माग्दा राज्यले जालझेल गरेर आफँले २ वटा च्यानल खोल्यो । सामुदायिक रेडियो छदैंछ नी भनेर लाएसेन्स नदिनलाई । त्यसैले त्यो सिंह दरवारको ३ फुट पर्खाल भत्काएर यो अधिकार बाहिर आएको हो । तर यो अधिकार अहिले ठीकसँग प्रयोग गर्न सकिरहेको छैनौं । यो अधिकारलाई कसरी जनताको अधिकारमा परिणत गर्ने भन्ने दायित्व हामी रेडियो बुझेका नयाँ अथवा पुराना पुस्ता सवैको अगाडी छ । यसका लागि काम गर्ने, बुद्धि योग्यता र जाँगर आओस भन्ने कामना गर्छु । मलाइ मौका दिएको रेडियो सगरमाथा र नेपाल वातावरण पत्रकार समूहप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्छु ।